0
Shares
काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरिएको डेढ महिना पुगेको छ । यसैबीच विश्व इन्धन आयातको मुख्य जलमार्ग होर्मुज ठप्प हुँदा विश्वभर इन्धन अभाव थप उत्कर्षमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने गरेको छ । उनले इरानमाथि छुद्र अभिव्यक्ति दिँदासाथ कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ ।
आयल प्राइस इन्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेको छ । जसअनुसार क्रुड प्रतिब्यारेल १०७.१ अमेरिकी डलर पुगेको छ ।
नेचुरल ग्यास र मोर्वान क्रुड आयलको मूल्य घटेको छ । मोर्वान क्रुड माइनस २२३ प्रतिशतले घटेर प्रतिब्यारेल १०३.६ र नेचुरल ग्यास माइनस ०.४८ प्रतिशतले घटेर २.५११ अमेरिकी डलर पुगेको छ ।