बुधबार सुनको भाउमा वृद्धि, चाँदी पनि सामान्य बढ्यो

0 Shares

काठमाडौँ । बुधबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५४ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार