0
Shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७.०१ अंकले घट्दै २७८७.१५ बिन्दुमा झरेको छ। आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका क्रममा अधिकांश उपसूचकहरू घटेका छन्। कुल १० वटा उपसूचक राताम्य देखिएका छन्। यसदिन होटल तथा पर्यटन समूहको शेयर १.४२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह १.१९ प्रतिशतले ओरालो लागेको छ। यस्तै, फाइनान्स समूह १.०६ प्रतिशत र हाइड्रोपावर समूह १.०५ प्रतिशतले घटेका छन्।
बजारमा व्यापक बिक्री दबाब देखिँदा समग्र परिसूचकमा गिरावट आएको विश्लेषकहरूले बताएका छन्।