0
Shares
काठमाडौं । चितवनमा आइतबार साँझ आएको असिनासहितका पानीबाट ७४ सवारी साधनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका ३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारी साधनमा क्षति पुगेको हो ।
कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारी साधन कार ५७, माइक्रो बस १५, मोेटरसाइकल र ट्रक एक/एक छन् । उनका अनुसार ती सवारी साधनको सिसामा क्षति पुगेको हो ।