सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

0 Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् ।

सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकमा नियुक्त गरेको हो । ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको भूमिकामा थिए ।

यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको थियो । सिआईबीको हिरासतमा रहेका व्यवसायी दिपक भट्टसमेतको लागनी रहेको एक कम्पनीमा उनले श्रीमतीको नाममा समेत लगानी गरेको खुलेसँगै मन्त्रालयले विभागको नेतृत्वबाट जिम्मेवारीमुक्त गरेको थियो।

उनी गत असोजदेखि विभागको महानिर्देशकको भूमिकामा रहेका थिए ।

सम्बन्धित समाचार