काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भागमा आंशिक बादल लाग्ने छ ।
कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भागमा तातो दिन हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।