काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी सार्वजनिक गरेको घोषणा गरेको छ, जसले ग्यालेक्सी ए सिरिज लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।
सामसङले पहिलेको १२ महिनाको ईएमआई योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ। यो सुविधा सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेस लिमिटेडमार्फत उपलब्ध छ। प्रक्रिया झन्झटररहित छ र केवल नागरिकता भए पुग्छ।
नयाँ ग्यालेक्सी ए सिरिज मा सामसङ को नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा इन्हान्स्ड अविसम इन्टेलिजेन्स रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, उत्पादकत्व र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउँछ। क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम छन्।
यसमा रहेको भ्वाइस ट्रान्सक्रिप्सन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ। एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।
अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन जस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउँछन्। ग्यालेक्सी ए५७ फाइभजी मा बेस्ट फेस र अटो ट्रिम जस्ता थप फिचरहरू पनि समावेश छन्।
दुवै डिभाइसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ। उन्नत आईएसपी र नाइटोग्राफीका कारण कम प्रकाशमा पनि उज्यालो र नेचुरल फोटो तथा भिडियो लिन सकिन्छ।
एआई आधारित सबजेक्ट रिकग्निसनले राम्रो पोर्ट्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ। अपग्रेड गरिएको सीपीयू, जीपीयू र एनपीयूले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।
५००० एमएएच ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ, र ग्यालेक्सी ए५७ फाइभजी मा सुपर फास्ट चार्जिङ २.० पनि उपलब्ध छ। ठूलो भेपर चेम्बरका कारण ग्यालेक्सी ए५७ फाइभजी लामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।
भिजन बुस्टरसहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ। दुवै डिभाइस आईपी६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन्। सामसङले ६ पुस्तासम्म ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।
ए५७ फाइभजी १२जीबी/२५६जीबी को ८९ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २४ महिनासम्मको २ हजार ४४२ रुपैयाँ, ए५७ फाइभजी ८जीबी/२५६ जीबीको ८४ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २ हजार ३०६ रुपैयाँ, ए३७ फाइभजी १२जीबी/२५६जीबीको ७९ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २ हजार १७१ रुपैयाँ, ए३७ फाइभजी ८जीबी/२५६ जीबीको ७२ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा १ हजार ९८१ रुपैयाँ र ए३७ फाइभजी ८जीबी/१२८ जीबीको ६४ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा १ हजार ७ सय ६४ रुपैयाँ रहेको छ।