0
Shares
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते आइतबार प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाइएको जानकारी दिए। बैठक कति बजे बस्ने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताए ।
उनले भने, ‘आइतबार बैठक बोलाइएको हो कति बजे गर्ने भन्ने समय तय हुन बाँकी छ।’ पार्टीमा विवाद चर्किदै गएपछि प्रदेश दलको बैठक बोलाएको हो ।