0
Shares
काठमाडौँ । धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद वोधनारायण श्रेष्ठ संसदीय सुनुवाइ समितिको सभापति पाएका छन् । फागुन २१ मा भएको निर्वाचनमा श्रेष्ठ रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको हो । श्रेष्ठ माओवादी पृष्ठभूमिबाट रास्वपामा आएका हुन् ।
संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, राजदूतहरुको सुनुवाइ हुने भएकाले यो समितिलाई महत्त्वपूर्ण मानिन्छ ।