0
Shares
काठमाडौं । पछिल्लो समय बजारमा केराको मूल्य करिब दोब्बर बढेको छ।
गत वर्ष प्रतिदर्जन औसत १५० रूपैयाँमा पाइने केराको थोक मूल्य २२५ रूपैयाँ पुगेको कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँले जानकारी दिए।
‘होलसेल मूल्यकै अवस्था यस्तो छ भने खुद्रा मूल्य कस्तो होला ?’ उनले भने।
हामीले खुद्रा बजारमा हेर्दा एक दर्जन केरा २५० देखि ३०० रूपैयाँसम्म बिक्री भइरहेको पाइयो।
पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध लगाइएकाले मूल्य बढेको बानियाँको भनाइ छ। उनका अनुसार बजारमा वैधानिक रूपले केरा नआए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा भित्रिरहेको छ।