सामसङ नेपालद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ आयोजना: शेफ निमेश उलकसँग सिके सहभागीले कुकिङ स्किल्स

0 Shares

काठमाडौँ । सामसङ नेपालले आधुनिक र सहज होम कुकिङलाई प्रोत्साहन दिने उद्देश्यले विशेष ‘माइक्रोवेभ मास्टरक्लास’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार, ११ अप्रिलमा काठमाडौँको द्वारिकाज प्यालेसमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले सामसङका माइक्रोवेभ रेन्जको बहुउपयोगिता र आधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए ।

१७ वर्षभन्दा बढी अनुभव भएका ख्यातिप्राप्त व्यावसायिक शेफ निमेश उलकको नेतृत्वमा सञ्चालित उक्त मास्टरक्लासमा आधुनिक माइक्रोवेभ प्रविधिद्वारा घरमै स्वादिष्ट र पोषणयुक्त खाना कसरी तयार पार्ने भन्ने प्रदर्शन गरिएको थियो ।

मास्टरक्लासका मुख्य आकर्षणहरू:

प्रयोगात्मक सिकाई: सहभागीहरूले सामसङका Solo, Grill र Convection मोडलहरू प्रयोग गरी विभिन्न परिकारहरू बनाउने व्यवहारिक सीप सिकेका थिए ।

बहुउपयोगी प्रविधि: खाना तताउने र ग्रिल गर्नेदेखि बेकिङ र मल्टि-स्टेज कुकिङसम्मका प्रविधिहरू शेफ उलकले प्रस्तुत गरे ।

स्मार्ट कनेक्टिभिटी: कार्यक्रममा Samsung SmartThings एपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। जसमा सहभागीहरूले माइक्रोवेभका साथै Bespoke AI वाशिङ मेसिन र रेफ्रिजरेटरलाई कसरी एपमार्फत नियन्त्रण गरी दैनिक जीवनलाई सरल बनाउन सकिन्छ भन्ने जानकारी पाए ।

सामसङ नेपालका अनुसार यो पहल घरमै खाना पकाउन रुचि राख्ने ग्राहकहरूलाई इनोभेटिभ किचन समाधानमार्फत सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको हो । व्यस्त जीवनशैली भएका परिवारका लागि सामसङको माइक्रोवेभ लाइनअपले छिटो, स्मार्ट र सहज खाना पकाउने अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यस कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको थियो । सामसङका Solo, Grill र Convection माइक्रोवेभ मोडलहरू हाल देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छन् ।

सम्बन्धित समाचार