पाकिस्तानमा सुरु भयो इरान र अमेरिकाबीच युद्ध रोक्न वार्ता

0 Shares

काठमाडौ । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चार माध्यमले शनिबार बताएका छन् ।

फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, ‘वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना)को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।’

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

सम्बन्धित समाचार