खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकाे घोषणा-पत्र सार्वजनिक

0 Shares

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालको आयोजनामा दाङ जिल्ला घोराही उपमहानगरपालिका १० मा मिति २०८२ चैत्र २० देखि २१ सम्म संचालित उपभोक्ता संस्था र समितिहरुको लुम्बिनी प्रदेश स्तरिय भेलाले मुलुकभरको साथै लुम्बिनी प्रदेशको खानेपानी तथा सरसफाइको वस्तुगत अवस्थाको छलफल गर्दै १० बुदे घोषणापत्र जारी गरेको छ ।

१) लुम्बिनी प्रदेश स्तरिय भेलालाई महत्व दिई तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख, खानेपानी मन्त्रालयका सहसचिवहरु, लुम्बिनी प्रदेशका खानेपानी सचिव, सिडिईहरु, उपसचिवहरु, हल उपलब्ध गराई सहयोग पुर्याउने दाङ्ग फन भ्याली होटल, आर्थिक सहयोग पुर्याउने सहयोगी दाताहरु, व्यवस्थापनमा सहयोग गर्ने स्थानिय खानेपानी उपभोक्ता संस्थाहरु, पत्रकारहरु, स्थानिय रेडियो, अनलाइन मिडियाहरु, सामाजिक संजाल तथा अन्य अतिथीहरु सबैमा हार्दिक धन्यावाद ज्ञापन गर्ने ।

२) “जनताको पानी सरकारको लगानी” भन्ने मुल नारालाई आत्मसात गर्दै “संघीय सरकारले विकासमा लगानी, प्रदेश सरकारले मर्मत संभार र स्थानीय तहबाट व्यवस्थापकीय सहयोगको जोडदार माग गर्ने ।

३) विद्युत महशुलका कारण खानेपानी उत्पादन लागत बढ्न गई खानेपानी संचालन गर्न कठिन र महङ्गो पर्ने भएकोले विद्युत महशुल मिनाहको लागि जोडदार माग गर्ने ।

४) खानेपानी संस्थाहरु सेवामुलक संस्था भएकोले कर मुक्त खानेपानी आयोजना संचालन गर्न सरकारसंग जोडदार माग गर्ने ।

५) खानेपानी संरचनाहरुको जोखिम न्यूनिकरणका लागि खानेपानी वीमा वोर्डको माग गर्ने ।

६) सबै पालिकाहरुमा वास प्लान निर्माण गरी सोही आधारमा योजना छनौट र कार्यान्वयन गर्न माग गर्ने ।

७) “पानी जीवन हो सरसफाइ जिवनको पद्धती हो”भन्ने मूल ध्येयलाई आत्मसात गर्न पूर्ण सरसफाइ कार्यक्रम संचालन गर्न माग गर्ने ।

८) खानेपानी आयोजना निर्माण गर्न लिइएको ऋणको व्याजदर कम गर्न जोडदार माग गर्ने ।

९) खानेपानी ऐन २०७९, खानेपानी निति २०८० र नियमावली २०८१ मा भएका उपभोक्ता प्रतिकूल विषयहरु संशोधन गर्न जोडदार माग गर्ने ।

१०)  “एन वास” सिस्टम सबै खानेपानीमा लागू गर्न सरकारसंग माग गर्ने ।

सम्बन्धित समाचार