0
Shares
काठमाडौँ । कलाकार सागर लम्साल ९बले० चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेको हो ।
आज मात्रै सामाजिक सञ्जालमार्फत अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल ९बले० लाई एक वर्षअघि नै आफुमाथि ‘बलात्कार गरेको’ भन्दै स्टाटस लेखेकी थिइन्।
बलात्कारको आरोपपछि आपतकालीन बैठक बसेर आरोपित लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको कालीरानी फिल्मस्का नबिन श्रेष्ठले जानकारी दिए । चलचित्र पाँच पाण्डव परिवारले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग समेत गरेको छ।