बढ्यो सानिमा बैंकको नाफा, प्रतिशेयर आम्दानी कति?

0 Shares

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.०१ प्रतिशत बढी हो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै, बैंकले सञ्चालन नाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ रुपैयाँ कायम भएको छ ।

बैंकको एक वर्षको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ कायम भएको छ । बैंकको खराब कर्जा घटेको छ । यस अवधिमा खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा यस्तो कर्जा ३.०१ प्रतिशत थियो ।

यस अवधिमा बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सम्बन्धित समाचार