0
Shares
काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार ५०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ थियो, आज आइतबार २ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ ।
तोलाको २० रूपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ७०० रुपैयाँ कायम भएको छ ।