कोलेस्ट्रोल एक प्रकारको बोसो हो । जसका कारण कोशिका र हर्मोन बनाउन काम गर्छ । तर, जब शरीरमा यसको स्तर बढ्छ । तब धेरै स्वास्थ्य समस्या आउन थाल्छन् ।
कोलेस्ट्रोल बढ्नु तपाईंको खराब जीवनशैलीको परिणाम हुन सक्छ । जसलाई धेरैले औषधि सेवन गरेर सन्तुलनमा राख्छन् । तर, सधैँ औषधि सेवन गर्नु राम्रो होइन । यस्तो अवस्थामा प्राकृतिक विधिको सहायताले नियन्त्रण गर्ने प्रयास गर्नु उचित हुनेछ ।
हामीले केही घरेलु उपायबारे चर्चा गरेका छौँ । जसले तपाईंको कोलेस्ट्रोललाई सन्तुलनमा राख्न सहयोग गर्नेछ ।
करीको पात
शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउन करी पात निकै प्रभावकारी हुन्छ । यो यसमा पाइने एन्टिअक्सिडेन्टका कारण हो । जुन राम्रो कोलेस्ट्रोल बढाउनका लागि आवश्यक हुन्छ ।
करी पातको फाइदाहरू प्राप्त गर्न, तपाईं दैनिक खाना पकाउन ८ देखि १० पातहरू प्रयोग गर्न सक्नु हुन्छ । यसको जुस तयार गरी पिउन पनि सकिन्छ । तर, यसअघि आफ्नो स्वास्थ्य विशेषज्ञसँग परामर्श लिन आवश्यक हुन्छ ।
धनियाँ पात
धनियाँको पात हरेक घरमा खाना पकाउन प्रयोग गरिन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि खानाको स्वाद बढाउनुको साथसाथै यो स्वास्थ्यका लागि पनि लाभदायिक हुन्छ । यसको नियमित सेवनले उच्च कोलेस्ट्रोलको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
जामुनको पात
कोलेस्ट्रोल घटाउने घरेलु उपायमा जामुनको पात तपाईंको लागि उत्तम विकल्प हो । वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्थोसायनिन जस्ता गुणहरू हुन्छन् । जसले कोशिकाहरूमा जम्मा भएको बोसोलाई कम गर्ने काम गर्छ ।
जामुनको पातलाई पाउडरको रुपमा सेवन गर्न सकिन्छ वा तपाईं यसको चिया, डेकोक्शन बनाउन सक्नुहुन्छ । यसलाई दिनमा एक दुइ पटक पिउँदा राम्रो मानिन्छ ।
मेथीको पात
मेथीको पातमा रहेको औषधिय गुण शरीरमा जम्मा हुने खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्वस्थ स्तरसँग सम्बन्धित रहेको पाइएको छ । यस्तो अवस्थामा उच्च कोलेस्ट्रोललाई सामान्य बनाउन मेथीको पातको सेवन गर्न सक्नु हुन्छ । मेथीको पातलाई सामान्य तरकारीको रुपमा खान सकिन्छ ।
तुलसीको पात
तुलसीको पात कोलेस्ट्रोलको स्तरलाई सामान्य बनाउन निकै फाइदाजनक छ । वास्तवमा, यसमा पाइने गुणहरूले मेटाबोलिक तनाव कम गर्ने काम गर्छ, जसले शरीरको तौल र कोलेस्ट्रोललाई कायम राख्छ। विज्ञहरूका अनुसार हरेक बिहान खाली पेटमा तुलसीको पात हालेको पानी सेवन गर्दा निकै फाइदा मिल्नेछ ।