शुभमन र साइको कीर्निमानी साझेदारीमा धोनीको टोली पराजित

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो । गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिङ गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्दतले २० ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।

गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए । यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक बनाउँदै आठौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै चेन्नई सुपर किंग्सको यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ । अंक तालिकामा चौथो स्थानमा छ ।

सम्बन्धित समाचार