यस्तो छ नेपाली क्रिकेट टोलीको अमेरिकामा प्रशिक्षण तालिका

0 Shares

काठमाडौं । टी २० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकामा हुने नेपाली टोलीको प्रशिक्षणको तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार नेपाली टोलीले ८ मे देखि ११ मेसम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मेमा नेपाली टोली सेन्ट भिनसेन्ट जाने र १९ मेसम्म रहने जानकारी दिएको छ ।

त्यसपछि नेपाली टोली फेरि अमेरिकाको हस्टन जाने र २२ मेसम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघि अभ्यास खेल खेल्ने भएको छ ।

सम्बन्धित समाचार