प्रधानमन्त्रीलाई आयोगले बुझायो मत परिणामको प्रतिवेदन

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगले निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत सहभागी थिए । त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा सरिक थिए ।

सम्बन्धित समाचार