संसदका ज्येष्ठ अर्जुननरसिंहले शपथ लिने मिति तय

0 Shares

काठमाडौ‌ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बुधबार शपथ लिने भएका छन् । उनको शपथ बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भएको हो ।

राष्ट्रपति कार्यालयको जानकारीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनले बाँकी सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने कानुनी व्यवस्था छ ।

संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । केसीले प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा सञ्चालन गर्न पाउने छन् ।

सम्बन्धित समाचार