कामना सेवा विकास बैंक र चितवन ग्राण्ड रिजेन्सी रिसोर्टबीच सम्झौता

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंकले भरतपुरस्थित ‘चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट’सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्द्धन रिजालले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार