रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने

0 Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदलाई मन्त्री नबनाउने तयारी गरेको छ । रास्वपाका शीर्ष नेताहरुबीच समानुपातिक सांसदलाई मन्त्री नबनाउने सैद्धान्तिक सहमति भइसकेको पार्टीको उच्च स्रोतले जनाएको छ ।

‘नेताहरुबिच अनौपचारिक कुरा भएको हो, अहिलेसम्म समानुपातिक सांसहरुलाई नचलाउने कि भन्ने छ, तर अन्तिममा परिस्थिति हेरेर सहभागी गराउन पनि सकिन्छ’ स्रोतले भन्यो ।

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ गरी १ सय ८२ सिट जितेको रास्वपाले नयाँ सरकार गठनको गृहकार्य गरिरहेको छ ।

रास्वपामा यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ ।

सम्बन्धित समाचार