0
Shares
काठमाडौं । पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले ६० रनले पराजित गरेसँगै पञ्जाब प्लेअफको दौडबाट बाहिरने दोस्रो टोली बनेको हो ।
यसअघि मुम्बई इन्डियन्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको थियो । बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई १० विकेटले पराजित गरेसँगै मुम्बईलाई धक्का लागेको हो ।
मुम्बईले यस सिजन टोलीमा ठूलो परिवर्तन गरेको थियो । रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई कप्तानी जिम्मेवारी दिएको पहिलो सिजनमा नै मुम्बाईले ठूलो हार बेहोरेको हो ।
स्मरण होस् मुम्बाई आईपीएलमा सबैभन्दा सफल टोली हो । भारतीय डलर अर्बपति मुकेश अम्बानीको लगानी रहेको मुम्बाईले कप्तान रोहित शर्माको नेतृत्वमा पाँच पटक उपाधि रक्षा गरेको थियो ।