ग्लोबल मनी वीकका अवसरमा नबिल बैंकद्वारा टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम

0 Shares

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा नबिल बैंक लिमिटेड, मालिगाउँ शाखाद्वारा श्री टङ्गाल माध्यमिक विद्यालय, टङ्गाल, काठमाडौंमा अध्ययनरत कक्षा १०– २ सम्मका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बैंकिङ साक्षरता सम्बन्धी प्रस्तुति मालिगाउँ शाखा प्रमुख उत्सव श्रेष्ठले दिएका थिए । सो शाखाका तर्फबाट सम्बन्ध अधिकृत कृपा दाहाल र सञ्चालन इन्चार्ज कोपिला लामिछानेकको उपस्थिति थियो । उनीहरुले विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको प्रयोग, डिजिटल भुक्तानी तथा सुरक्षित वित्तीय व्यवहारबारे जानकारी गराएका थिए ।

कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन कारोबारको प्रयोग बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान आवश्यक रहेको बताए । साथै, विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे पनि जानकारी दिइएको थियो ।

सहभागीहरूले वित्तीय साक्षरताले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नबिल बैंकका अनुसार समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ ।

सम्बन्धित समाचार