शिक्षित ठानिएको काठमाडौँमै आठ हजार मत बदर

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा नै आठ हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आठ हजार १९७ मत बदर भएको हो ।

जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं–१० मा एक हजार २२६ मत, ९ मा ९३३ मत, ८ मा ६२३ मत, ७ मा ८०५ मत बदर भएको छ ।

यस्तै काठमाडौं–६ मा ८११ मत, ५ मा ९०२ मत, ४ मा ८६२ मत, ३ मा ९४० मत, २ मा एक हजार ९५ मत र १ मा ४३४ मत बदर भएको छ ।

सम्बन्धित समाचार