0
Shares
काठमाडौँ । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठल नेता बालेन शाहका सारथी भुपदेव शाह पराजित हुन पुगेका छन् । उनले ४ हजार ५६२ मत मात्रै ल्याए । देशभर रास्वपाका उम्मेदवार निर्वाचित भइरहँदा उनी भने पराजित हुन पुगेका हुन् ।
बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भुपदेव स्वकीय सचिव थिए । उनी बालेनलाई स्वकीयसचिव हुँदा नजिकबाट सहयोग गरेका थिए । यस निर्वाचनमा रास्वपाको यति धेरै लहर आउँदा समेत भुपदेव पराजित भएका छन् ।