प्रभु साहको क्षेत्र रौतहट ३ र सप्तरी १ बाट रास्वपा विजयी

0 Shares

काठमाडौं । रौतहट ३ बाट रास्वपाले जितेको छ । रास्वपाका उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी भएका छन्। पटेलले २७,३१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार गोविन्द चौधरीले ११,९५४ मत प्राप्त गरेका छन्। पटेलले चौधरीलाई १५,३६४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

यसैगरी, रौतहटको राजनीतिमा प्रभावशाली मानिने आम जनता पार्टीका अध्यक्ष एवं उम्मेदवार प्रभु साह भने तेस्रो स्थानमा खुम्चिएका छन्। साहले जम्मा ९,८९० मत प्राप्त गरेका छन्।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी १ मा रास्वपाकी उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भएकी छिन् । निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गरिन् ।

सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ र नेकपा ९एमाले०का सुमनराज प्यकुरेलले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार