काठमाडौं । देशैभर राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)को लहर आएको छ । तराई, पहाड, तराई प्राय क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । पछिल्लो निर्वान आयोगको रिर्पोट अनुसार १०३ क्षेत्रमा रास्वपा विजयी भएको छ भने झै २१ क्षेत्रमा अग्रता लिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपाले अग्रता लिएका क्षेत्रमा समेत रास्वपाले जित्ने अवस्था देखिएको हो ।
कांग्रेसले १५ क्षेत्रमा मात्रै जितेको छ भने ३ क्षेत्रमा मात्रै अग्रता लिएको छ । कांग्रेस सभापति गगनकुमार थापा सहित अधिकांश पदाधिकारी निर्वाचनमा पराजित भएका छन् ।
यस्तै नेकपा एमाले ७ क्षेत्रमा विजयी भएको छ भने ३ क्षेत्रमा अग्रता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सहित महासचिव शंकर पोखरेल लगायत अधिकांश पदाधिकारी पराजित भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले ६ क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा मात्रै अग्रता लिएको छ । नेकपा सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत अधिकाश वरिष्ठ नेताहरु निर्वाचनमा पराजित भएका छन् । राप्रपा, जसपा लगायत दलहरुका नेतृत्व समेत निर्वाचन हारेका छन् ।