गोरखा १ मा पछि परे सुधन, चौथो बन्दै एमाले

0 Shares

काठमाडौं । गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ पछि परेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले पछाडि पारेका हुन् ।

गुरुङले ४ हजार २५९ मत पाउँदा खत्रीले ४ हजार २६३ मत पाएका छन् । खत्री ४ मतले अग्रता बनाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत पाउँदा एमालेका आरसी लामिछानेले जम्मा ६७५ पाएका छन् ।

सम्बन्धित समाचार