म्याग्दीमा समानुपातिक मतमा रास्वपाको शीर्ष स्थान

0 Shares

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ ।

रास्वपाले १९ हजार ९८७, नेकपा एमालेले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टीले चार हजार १६२ मत प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेकपा माओवादीले एक सय ७७ मत पाएका छन् ।

जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत गणना भएको थियो ।

सम्बन्धित समाचार