0
Shares
काठमाडौं । हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो ।
कूल १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याए ।
नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।