कांग्रेस सभापतिमाथि अमरेश भारी, गगनले जोगाउन सकेनन् जित

0 Shares

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

सम्पन्न मत गणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत ल्याए ।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे । गगन थापाको पहिलो हार बेहोरे । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।

सम्बन्धित समाचार