हुम्लामा कांग्रेसका रोकाया विजयी हुँदा रास्वपाले पाए हजार भोट

0 Shares

हुम्ला । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत पाउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत पाए ।

यस्तै, नेकपा एमालेका दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेकपा माओवादीका कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत पाए ।

सम्बन्धित समाचार