रोल्पाबाट वर्षमान पुन विजयी

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन रोल्पाबाट विजयी भएका छन् । पुनले रोल्पाबाट निर्वाचित भएर ह्याट्रिक गरेका छन् । पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएर प्रमुख प्रतिस्पर्धी बनेका छन् ।

रास्वपा बालराम थापाले १० हजार ८९४ ल्याएर तेस्रो हुँदा नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्। नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् ।

यस निर्वाचन क्षेत्रबाट नेकपा माओवादी महासचिव नेत्रबहादुर विप्लव लड्न खोजेका थिए । अन्तिममा निर्वाचन जित्न कठिन हुने देखेपछि पछाडि हटेका थिए । विप्लव समुहबाट वलीले निर्वाचन लडेका थिए ।

सम्बन्धित समाचार