कम्युनिस्ट किल्ला भत्काउँदै प्युठानबाट रास्वपा विजयी

0 Shares

काठमाडौं । रास्वपाका सुशान्त वैदिक निर्वाचित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा। गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएका छन्।

नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थान प्राप्त गरेका छन् । यसअघि यहाँ एमालेका थापा निर्वाचित भएका थिए।

यस क्षेत्रमा लामो समय राष्टिय जनमोर्चाले निर्वाचन जित्दै आएको थियो । २०७९ सालको निर्वाचनमा जनमोर्चाका उम्मेदवार पराजित भएर एमालेका थापा निर्वाचित भएका थिए । त्यसअघि कहिले माओवादी कहिले एमालेले निर्वाचन जित्दै आएका थिए ।

यस निर्वाचनमा रास्वपाले निर्वाचन जितेको हो ।

 

सम्बन्धित समाचार