केपी ओलीले स्वीकारे हार, भनेः बालेन बाबु, तपाईंलाई बधाई

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट पराजित भएको स्वीकारेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहसँग झण्डै ५० हजार मतान्तरले पराजित भएका थिए ।

बालेनलाई बधाई दिँदै उनले भने, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।’

बालेनमाथि खनिँदै आएका ओलीले आफू पराजित भएसँगै नरम रुपमा प्रस्तुत भएका छन् । निर्वाचनमा बालेनले ६८ हजार ३४८ मत पाएर विजयी हुँदा ओलीले १८ हजार ७३४ मत पाएका थिए ।

सम्बन्धित समाचार