समानुपातिक मत गणनामा पनि रास्वपाको उछाल, कांग्रेसले एक लाख कटाउँदा अरूको कति?

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६ लाख ३५ हजार ३८१ मत गणना पूरा भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ लाख ३७ हजार ७५९ मत पाएको छ । नेपाली कांग्रेसले १ लाख ३ हजार ५७९ मत पाएको छ ।

यस्तै, नेकपा एमालेले ८४ हजार ६७ मत पाउँदा नेकपाले ३७ हजार ५२१ मत पाएको छ । राप्रपाले २६ हजार ३४८ र श्रम संस्कृति पार्टीले १२ हजार ७२३ मत पाएको छ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीसँग समानुपातिक निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय परिर्वतन पार्टीको ८ हजार ६३२, नेपाल मजदुर किसान पार्टीको २,६५५, जसपा २ हजार ४४५ र नेकपा (माओवादी) २,३३० मत पाएको छ ।

सम्बन्धित समाचार