जुम्लामा राप्रपाका ज्ञानेन्द्र विजयी, रास्वपाकी विनिताको जमानत जफत

0 Shares

काठमाडौं । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । उनी राप्रपाबाट निर्वाचित एक्ला उम्मेदवार बनेका छन् ।

शनिबार सम्पन्न मत गणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत पाए ।

त्यस्तै, कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८ मत पाए ।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर चलिरहँदा रास्वपाकी विनिता कठायतको जमानत जफत भएको छ ।

सम्बन्धित समाचार