0
Shares
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।
ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। यसअघि भण्डारीले निर्वाचन जितेका थिए ।
२०७४ सालको निर्वाचनमा भने ज्ञवालीले जितेका थिए । पहिलदेखि नै ज्ञवाली र भण्डारीले पालैपालो चुनाव जित्दै आएका थिए । यस निर्वाचनमा गुल्मी १ र २ दुबै रास्वपाले जितेको छ ।