0
Shares
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा गणना गर्न बाँकी मतभन्दा मतान्तर नै धेरै भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह औपचारिक घोषणाअघि नै विजयी भएका छन्। कुल १ लाख ६ हजार ३७२ मत खसेको यस क्षेत्रमा अब गन्न बाँकी मत २४ हजार २५४ मात्रै छ।
बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ३८ हजार ६५ मतान्तरले पछाडि पारिसकेका छन्। यसको अर्थ, अब बाकसमा बाँकी रहेका सबै २४ हजार २५४ मत ओलीकै पक्षमा खसे र बालेनले १ मत नपाए पनि बालेनको जितलाई रोक्न गणितीय रूपमा असम्भव छ।
चुनावी अंकगणित अनुसार मतान्तर नै बाँकी मतभन्दा १३ हजार ८११ ले बढी भइसकेकाले औपचारिक नतिजाअघि नै बालेनको ऐतिहासिक विजय सुनिश्चित भएको हो।