भक्तपुर, काभ्रे र अर्घाखाँचीबाट रास्वपा विजयी

0 Shares

काठमाडौं । भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन्  । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले ३७५३ र नेकपाका रामप्रसाद सापकोटाले १३२३ मत पाएका छन् ।

यस्तै  काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।

यस्तै अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए । नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे ।

सम्बन्धित समाचार