काठमाडौं । चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।
यस्तै रूपन्देही ३ बाट रास्वपाका डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले निर्वाचन जितेका छन्। थापाले आफ्ना प्रतिसपर्धी नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्।
यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो अन्तर हो। थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उमेदवारले १० हजारभन्दा कम मत ल्याएका छन्।
थापाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। तेस्रोमा रहेका एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन्। राप्रपाका गौरब बोहराले ७ हजार ७८९ मत ल्याएका छन्।