तनहुँ १ बाट वाग्ले र रौतहट १ बाट चौधरी निर्वाचित

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् ।उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे । यस्तै नेकपा ९एमाले०का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरे ।

यस्तै रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।

त्यस्तै जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार