सर्लाही ४ मा कमजोर बन्दै गगन थापा, जिततिर लम्किँदै रास्वपा

0 Shares

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह जिततिर लम्किएका छन् । उनले अहिलेसम्म १६ हजार २२७ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गगन थापापछि परेका छन् । कांग्रेस सभापतिसमेत रहेका थापा र रास्वपा उम्मेदवार सिंहबीच ६ हजार ५ सय ५३ मतान्तर छ ।

थापाले ९ हजार ६७४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ३ हजार २६२ मत ल्याएका छन् ।

जनमतका राकेशकुमार मिश्रले एक हजार २२ मत ल्याएका छन् । मत गणना जारी छ ।

सम्बन्धित समाचार