0
Shares
काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा पछि परेका छन् । उनलाई नेकपाका उम्मेदवार गोपाल शर्मासँग २ हजार ४२० मतले पछि परेका हुन् ।
नेकपाका उम्मेदवार शर्माले ९ हजार ६३९ मत ल्याउँदा शर्माले ७ हजार २१९ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका राजु केसीले ६ हजार ४२८ ल्याउँदा रास्वपाका मान बहादुर शाहीले १ हजार ५७० मत पाएका छन् ।
एमालेले नन्दराम देवकोटाले ८३९ मत पाएका छन्। अहिले मतगणना जारी छ।