0
Shares
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन्। आछाम १ बाट उम्मेदवार रहेका उनले ३८० मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक साउदले २१० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरे । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ओमप्रकाश रावलले २९ मत मात्रै पाएका छन्।
रावल विगत केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए।