0
Shares
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार ६०० रूपैयाँले वृद्धि भएको छ ।
यस अघि शुक्रबार एक तोला सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ रहेकोमा आज आइतबार ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि तोलाको २४५ रूपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ ।
हिजो शनिबार अमेरिका र इजरायलले इरानमा हमला गरेपछि मध्यपूर्व तनाव श्रृजना भएको छ । जसको जवाफी आक्रमणमा इरान उत्रिएको छ । यसले ठूलो युद्धको संकेत गरेको छ ।