खामेनीको मृत्युसँगै ४० दिन देशभर शोक

0 Shares

काठमाडौं । इरानी सर्वोच्च नेता अली खामेनीको मृत्यु भएसँगै ४० दिन देशभर शोक मनाउने भएको छ।

यसअघि इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनीको निधन भएको पुष्टि गरेको थियो । सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनीको मृत्युको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका हुन् ।

शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा आक्रमण गरेका थिए । आइतबार बिहान सबेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए ।

सम्बन्धित समाचार