काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेसँगै इरानी सञ्चार माध्यमले पनि उनको मृत्यु भएको पुष्टी गरेको छ
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमार्फत अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका हुन् ।
यता इरानका सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ । केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको भन्दै उनको मृत्युको सार्वजनिक गरेको हो ।
उनको मृत्युसँगै यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको ट्रम्पले टिप्पणी गरेका छन् । यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चार माध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए ।
इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणबा खामेनीको निवास पूर्ण रुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा सार्वजनिक भएको थियो ।